नियम ४०
करार गरी उत्पादन गर्न सक्ने
(१) कुनै उद्योगले अर्को कुनै निर्यातमूलक उद्योगको लागि ऐनको दफा ५० को उपदफा (२) बमोजिम वस्तु वा सेवाको उत्पादन गर्दा देहायको मापदण्ड पूरा गरेको हुनु:पर्नेछः-
(क) करारमा वस्तु उत्पादन (कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ) गर्ने उद्योग प्रचलित कानून बमोजिम दर्ता भएको हुनुपर्ने,
(ख) करारमा कुनै वस्तु वा सेवा उत्पादन गर्ने उच्चोगले सो वस्तु वा सेवा उत्पादन गर्न उद्योग दर्ता गर्ने निकायबाट प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त गरेको हुनुपर्ने,
(ग) करारमा वस्तु वा सेवा उत्पादन गराउने उद्योगको उत्पादन हुने वस्तु वा. सेवाको ट्रेडमार्क दर्ता भएको वाहक कायम भएको हुनुपर्ने, र
(घ) उत्पादनकर्ता उद्योगले आफ्नो स्वीकृत क्षमताको सीमाभित्र रहेर मात्र वस्तु वा सेवा उत्पादन गरेको हुनुपर्ने ।
(२) उपनियम (१) बमोजिमको: मापदण्ड पूरा गरेको निर्यातमूलक उद्योगले निर्यात -गरेको वस्तुको परिमाणको आधारमा देहाय बमोजिमको छुट, सुविधा वा सहुलियत पाउन सक्नेछ: ॥
(क) निर्यातमा नगद प्रोत्साहन,
(ख)' सहुलियत दरमा निर्यात कर्जा,
(ग) महसुल फिर्ता सुविधा (ड्युटी ड्रव्याक),
(घ) क्रण लगानीमा प्राथमिकता, वा
(ङ) नेपाल सरकारले समय समयमा तोकेबमोजिम कर, महसुल, शुल्क तथा कच्चा पदार्थ आयातमा सहुलियत।